काठमाडौं । पठाओ नेपालले आउँदै गरेको बडादशैंको अवसरमा ‘पठाओ दशैं महोत्सव’ अफर सुरू गरेको छ । सोमबारदेखि सुरु भएको महोत्सव असोज २८ गतेसम्म चल्ने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ‘कम कमिसन धेरै कमाइ, यो दशैं रमाइ–रमाइ’ भन्ने मूल नाराका साथ दैनिक एक प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए ।
कम्पनीले अफरको बम्पर पुरस्कारअन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए । यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जाने कम्पनीले जनाएको छ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जाने ।