काठमाडौं, वैशाख २४ वर्तमान विश्व स्वास्थ्य महामारीका समयमा अग्रपंक्तिमा रहेर खटिइरहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको रोजाइमा रहेको महिन्द्रा इलेक्ट्रोनिक कारले उनीहरुको सेवाको सम्मानमा घरमै सेवा प्रदान गर्ने भएको छ । महिन्द्रा इलेक्ट्रोनिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले मंगलबारदेखि २५ गते बिहीबारसम्म यो सेवा प्रदान गर्न लागेको हो । यसबाट अग्रपंक्तिमा रही सेवामा खटिरहेका व्यक्तित्वहरूको सेवामा थप मद्दत पुग्ने अग्नि ग्रुपले विश्वास व्यक्त गरेको छ ।