चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भएभछि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले चिकित्सकहरुसँग सहमतिको बार्ता गरेपनि चिकित्सकहरु बुधबार पनि आन्दोलनमा उत्रिएका छन् ।
आक्रमणमा संलग्नमाथि संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने माग गरेका छन् । सरकारले आश्वासन मात्र दिएको तर प्रकाउ गरेर मुद्दा नचलाएको भन्दै आन्दोलन गरेका हुन ।
मणिपाल शिक्षण अस्पताल पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।मंगलबार सिंहदरबारमा भएको बार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,स्वास्थ्यमन्त्री मोहन बस्नेत,नेपाल मेडिकल काउसिल,तिकित्सक संघ,नर्सिघ संघ लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
उक्त भेटवार्तामा सरकारले कार्वाही गर्ने आश्वासन दिएको तर डक्टरहरुले कार्वाही नभएसम्म आन्दोलन जारि राख्ने बताएका छन् । बुधबार पनि ठूलो संख्यामा डक्टरहरु सडकमा निस्किएर आन्दोलन गरेका छन् ।