गण्डकी । स्वास्थ्यकर्मीमाथि मनिपाल अस्पतालमा कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
नेपाल चिकित्सक सङ्घ गण्डकीले चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै मङ्गलबार विज्ञप्ति जारी गरी प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको थियो ।
निर्देशक भरत खत्रीका अनुसार बुधबार गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । आकस्मिकबाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् ।