काठमाडौँ । डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुरोध गरेका छन् । पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै ओलीले बुधबार आफ्नो फेसबुक पेजमा दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरेका छन् ।
डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु भन्दै ओलीले मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ, भनेका छन् । आजकाल बिरामीको उपचार गरिरहेका डाक्टरहरुलाई हातपात गरेका समाचारहरु सामाजिक सञ्जालमा देखेको भन्दै ओलीले डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गर्न सबैमा अनुरोध गरेका छन् ।