चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भएभछि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले चिकित्सकहरुसँग सहमतिको बार्ता गरेपनि चिकित्सकहरु सधै जस्तै बिहीबार पनि आन्दोलनमा उत्रिएका छन् ।
आक्रमणमा संलग्नमाथि संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने माग गरेका छन् । सरकारले आश्वासन मात्र दिएको तर प्रकाउ गरेर मुद्दा नचलाएको भन्दै आन्दोलन गरेका हुन ।
मणिपाल शिक्षण अस्पताल पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।मंगलबार सिंहदरबारमा भएको बार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,स्वास्थ्यमन्त्री मोहन बस्नेत,नेपाल मेडिकल काउसिल,तिकित्सक संघ,नर्सिघ संघ लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
उक्त भेटवार्तामा सरकारले कार्वाही गर्ने आश्वासन दिएको तर डक्टरहरुले कार्वाही नभएसम्म आन्दोलन जारि राख्ने बताएका छन् । सधैजस्तै बिहीबार पनि ठूलो संख्यामा डक्टरहरु सडकमा निस्किएर आन्दोलन गरेका छन् ।उनीहरुले बिभिन्न नाराहरु लगाएका थिए ।स्वस्थ्य क्षेत्रमा राजनितिक हस्तक्षेप बन्द गर,चिक्सक, स्वास्थयकर्मी एकता जिन्दबाद,सेतो कोटमा रातो दाग देशमा सधै गुण्डा राज ,डाक्टर न्याय कुर्दै छ ,सिंह दरवार घुर्दै छ,स्वास्थ्य कर्मी कुटेर कहा जान्छौ छुटेर ,डाक्टर कुटाई खादै छ समाज कता जादै छ,कसलाई गर्ने विलौना सरकार ठान्छ खेलौना,दण्डहीनताको अन्त्य गर,हाम्रो आन्दोलन जारी छ,दोषिलाइ कार्वाही गर,स्वास्थ्यमा राजनीति बन्द गर,वास्थ्य मन्त्री राजिनामा दे,गृह मन्त्री सुरक्षा दे सक्दैनस भने राजिनामा दे,झुठो आस्वास्न चाहिदैन ,कामेको हातले अप्रेसन गर्न सक्दैन लगायतका नाराहरु लगाएका थिए ।