जनकपुरधाम । प्रहरीले सर्लाहीमा जलाउन लगिएको २१ वर्षीया एक विवाहित युवतीको शव चिताबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको बताए । प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई घटना शंकास्पद देखिएपछि घाटबाटै नियन्त्रणमा लिएको हो ।
परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पक्राउ ससुरा रामेश्वर, पति सुनिल र देवर रामबाबु तीनैजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताएका छन् ।
परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । पासो लागेर आत्महत्या गरेको जस्तो मनिषाको गलामा निलडाम देखिएको र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको डिएसपी पंजियारले बताएका छन् ।
माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको दाबी गरेका छन् । युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ । सर्लाहीकै कविलासी गाउँपालिका(३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो ।