काठमाडौं । पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल दुई जनाबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । उपाध्यक्ष पदमा चारजना ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला छन भने सचिव पदमा दुईजना नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।
सकेसम्म सहमतिमा नेतृत्व टुंगो लगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि निर्वाचन गरिएको हो ।