काठमाडौं,दुध उत्पादक किसानले देशका बिभिन्न जिल्ला्हरुमा दुधको उत्पादन गरि डेरी उद्योगलाई बेचेको दुधको तीन महिना देखि भुक्तानी नपाएको बुझिएको छ । ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्त्तानी पाउन बाँकी रहेको गुनासो गरेका छन् ।
तर डेरी उद्योगले आफूले किनेको दुध बिक्री नभई भुक्तानीमा समस्या परेको बताएका छन् । समस्या बाहिर सार्वजनिक भएपछि राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको रकम भुक्त्तानी गर्न डेरी उद्योगलाई दैनिक ताकेता गरिरहेको छ । बोर्डले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन,नेपाल डेरी उद्योग र दुग्ध विकास संस्थान(डिडिसी)लाई पत्र पठाएर किसानको बक्यौता रकम समयमा दिन अनुरोध गरेको छ ।