काठमाडौं वैशाख २५
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस (कोभिड १९) पीडित देशमा आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार कोभिड १९ बाट बढी प्रभावित देशमध्येका थप ५ देशको लागि संघले आर्थिक निकासा दिएको हो ।
एनआरएनलेले बहराइन, स्पेन, पोर्चुगल, इटालीलाई पाँच हजार अमेरिकी डलर र माल्टालाई तीन हजार अमेरिकी डलर सहयोग गरेको छ । संघले पहिलो चरणमा कुवेत, युएई, सउदी अरब, साइप्रसमा रहेका संघका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार २७ देशमा रहेका ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।