काठमाडौं । आइतबार बिहान नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आइतबार सात दलका नेताहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले सात दलको बैठक बिहान ११ बजे बोलाइएको बताए ।
आइतबार दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौला बालुवाटार पुगेका छन् ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नगरिएको भन्दै संसद सञ्चालनमा सरकारलाई ‘असहयोग’ गर्ने चेतावनी दिएको छ ।