काठमाडौं । नेपालमा भान्सा उपकरणमध्ये बजारमा रुचाएको ब्राण्ड एलिकाले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘दशैं तिहारमा, उपहार साथमा’ भन्ने नारासहित जारी गरेको अफरअन्तर्गत एलिकाको कुनै पनि सामानको खरिदमा भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिने भएको छ ।
यो योजना सीमित अवधिको लागि मात्रै लागू गरिएको कम्पनीले जनाएको छ । एलिकाले किचन हुड, इन्डक्सन हब र बोइलर डिजाइन र निर्माण गर्दछ । कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् । एलिकाको खाना पकाउने व्यवसाय इकाइले घरेलु प्रयोगका लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्छ ।