काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैंकिङ चलाउन मिल्ने भएको छ । हाल रोजगारी, अध्ययन एवम् विभिन्न शिलशिलामा विदेशमा रहने नेपालीहरूको संख्या दिनदिनै बढ्दै गइरहेको बताए । अल्पसङ्ख्यक नेपालीहरू विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तैः कारोबार विवरण हेर्न एवम् स–साना कारोबार गर्न समेत असहज परिस्थिति रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरूको पहुँच हुने गरी मोबाइल बैंकिङ सेवालाई स्तरोन्नति गरेको हो ।
अब विदेशमा बसी गरिमा विकास बैंकमार्फत मोबाइल बैंकिङ सेवा लिन चाहनुहुने ग्राहकहरूले बैंकले तोकेबमोजिमका कागजातहरू पूरा गरी यो सेवा लिन सक्ने छन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजी बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैंकिङ पनि सजिलै चलाउन सक्ने छन् ।
साथै, बैंकले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैंकिङ विवरण माग्दैन तसर्थ फोन कल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैंकिङ विवरण अरूलाई नदिन पनि आग्रह गरेको छ ।