काठमाडौं, वैशाख २५ पञ्चकन्या समूहअन्तर्गत पञ्चकन्या स्टिलका उपत्यकास्थित विभिन्न डिलरहरूले मजदुरलाई खाद्यान्न वितरण गरेका छन् । काठमाडौं उपत्यकामा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई लकडाउनले उनीहरूको दैनिकीमा पारेको समस्यालाई समाधान गर्ने उद्देश्यले खाद्यान्नलगायत दैनिक उपभोग्य सामानहरू वितरण गरेको उनीहरुको भनाइ छ । यसअघि पनि उपत्यकाका विभिन्न डिलरहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न अस्पतालहरूलाई अत्यावश्यक सामग्री समेत हस्तान्तरण गरेका थिए ।