दोलखा,छिमेकी देश चीन संग सिमा जोडिएको हिमाली जिल्ला दोलखामा एक साता नबित्दै तेस्रोपटक अबैध ४ किलो सुन फेरि भेटिएको छ ।पटकपटक गरी ११ किलो अबैध सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ् । चीन संग सिमाना जोडिएको जिल्लाको उत्तरी पालिका विगु १ लामाबगरबाट थप ४ केजी सुन बरामद भएको प्रहरीले जनाएको छ।
दोलखाको लामाबगर नाका हुँदै भित्रिएको सात किलो सुन र त्यसमा संलग्न व्यक्तिहरु पक्राउ गरी सार्वजनिक गरेको एक साता नबित्दै आइतबार प्रहरीले थप ४ किलो सुन बरामद गरेको हो ।
फरार रहेका अन्दाजी २७ बर्षिय अशोक मगरको घर नजिकै रहेको ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा थप ४ केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेका छन भने, अहिलेसम्म सुरक्षा टोलिले ११ केजी सुन बरामद गरेको छ ।
आइतबार भेटिएको थप ४ किलो सुन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म ९बिओपी लामाबर०को संयुक्त टोली बरामद गरेको हो । लामाबगर क्षेत्रमा प्रहरीले अझै लुकाएर राखेको अबैध सुन हुनसक्ने भन्दै पक्राउ परेका ७ जनालाई अनुसन्धान जारी राखेको छ भने,सुन बरामद गरिएको क्षेत्रमा सुरक्षा अनुगमनलाई बढाएको छ।