काठमाडौं, अमेरिकी परियोजना (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत सिइओ एलिस अलब्राइट काठमाडौं आईपुगेकि छन् । अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइबार कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइएको छ ।

उनी पाँच दिनसम्म काठमाडौं रहने कार्यतालिका रहेको बुझिएको छ । नेपालमा एमसीसी पास भएपछि त्यसलाई कायान्वयनमा गराउन उनको टोली नेपाल आएको अमेरिकी राजदूतावासले जनाएको छ ।