काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत(सिईओ) एलिस अलब्राइटले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेकी छन् । एलिससहित पाँच सदस्यीय टोलीले चप्पल कारखानास्थित पूर्व प्रधानमन्त्री देउवा निवासमा गइ भेटवार्ता गरेको हो ।

टोली चप्पल कारखानास्थित देउवा निवासबाट बिहान ११ः१७ बजे निस्किएर होटल म्यारियटतर्फ प्रस्थान गरेको छ ।