काठमाडौं । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि बुधबार र बिहीबार सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेस्टुरेण्ट भने नियमित सञ्चालन रहने बताइएको छ । केबलकारको नियमित सेवा शुक्रबारदेखि पुनःसञ्चालनमा आउने बताइएको छ ।