काठमाडौं । केडिया अर्गनाइजेसनअन्तर्गत रहेको बृज सेफ्टी ग्लास उद्योगले लेमिनेसन प्लान्ट थप गरेको छ । प्लान्ट थप गरेसँगै कम्पनी अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेको बताइएको छ ।
नेपालको सिसा प्रशोधन क्षेत्रमा बृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ सिङ्गो क्षेत्रकै मानकको रूपमा उभिएको कम्पनीको दाबी छ । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा कम्पनीले सिसा उपलब्ध गराउँदै आएको छ । बृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको उल्लेख गरेको छ । बृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको कम्पनीले जनाएको छ । कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरी पूर्णरूपमा कम्प्युटराइज्ड र स्वचालित उत्पादन लाइनहरूसहितका अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको जनाएको छ ।