काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म पार्टीको केन्द्रीय महाधिवेशन कैलालीको टीकापुरमा गर्ने भएको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी गराएका छन् ।