काठमाडौं, वैशाख २५
एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि बैंकको पस टर्मिनल तथा एटीएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यो व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर कार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकहरूले बैंकको पस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटीएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टर कार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टर कार्डको यस सुविधा सँगै एनआईसी एसिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पु¥याएको छ । यो विपतको घडिमा आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४सै घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गरेको छ ।
‘कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तरबैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाइ टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले घरबाटै निःशुल्क रुपमा तिर्नसक्ने व्यवस्था समेत बैंकले गरेको छ ।
उक्त सेवाहरूका साथै ग्राहकहरूले घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहकहरूले कुनै सेवा लिएबापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एन आईसीएसिया बैंकका ४६१ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।
यो विशम परिस्थीतमा विशिष्टीकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवासम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्री नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाइ अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेका छन् । बैंकले हाल सबै क्षेत्रमा गरी तीन सय १९ शाखा कार्यालयहरू, चार सय ६१ एटीएम, एक सय आठवटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
२१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैकले जानकारी दिएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।