चीनमा जारी १९ औं एसियाली खेलकुद (एसीयाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतले नेपाल बिरुद्ध टस जितेर व्याटिङ रोजेको छ । सेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरेका हुन् ।
एशियाली खेलकुदको क्रिकेटतर्फ पहिलो खेलमा मङ्गोलियाविरुद्ध नेपालले कैयौँ विश्व कीर्तिमानहरू सहित जित हात पारेपछि नेपाली क्रिकेट टोलीको हान्झाउमा जसरी चर्चा पाइरहेको छ, त्यसरी नै खेलाडीहरू पनि मानसिक रूपमा सफलतालाई दोहोर्याउँदै लैजाने धुनमा देखिएका छन्।
आइतवार लिगको अन्तिम खेलमा समेत नेपालले माल्दिभ्सलाई उही शैलीमा एकपक्षीय जित हात पार्यो।यससँगै १४ टोली सहभागी एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल अन्तिम आठमा पुगेको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले जी ज्याङ युनिभर्सिटी अफ टेक्नोलोजी मैदानमा सुरुमा रन जोड्नमा सङ्घर्ष गर्नु परेको थियो।माल्दिभ्सविरुद्धको खेलमा नेपालले २०० रन पार गर्न समेत कठिन हुने छनक देखिएको थियो।
तर कप्तान रोहित पौडेल र कुशल मल्लका आक्रामक ब्याटिङका सहायताले नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन जोड्न सफल भएको थियो।जसक्रममा कप्तान पौडेलले अर्ध शतक (५२ रन) बनाउन सफल भए भने मल्लले अविजित ४७ रन जोडेका थिए।
आइतवारको खेलमा अविनाशको कीर्तिमान
जवाफी बलिङका क्रममा अविनाश बोहोराले करिअरको उत्कृष्ट इनिङ्स खेल्दै ६ विकेट लिए।जससँगै माल्दिभ्स २ बल खेल्न बाँकी छँदा नै ७४ रनमा अलआउट हुन पुगेको थियो।
बोहोराले ३।४ ओभर बलिङ गर्दै ११ रन जोड्न दिए र ६ विकेट लिए। यो कुनै पनि नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो।
सो क्रममा उनी दुई पटक ह्याट्रिक नजिक पुगेका थिए।
नेपाल कति बलियो ?
हालै एशिया कप खेलेको नेपाललाई उक्त अनुभवको लाभ हान्झाउमा हुनसक्ने कतिपय खेल विश्लेषकहरूको भनाइ पाइन्छ।नेपालको पाकिस्तानविरुद्धको बलिङ र भारतविरुद्धको प्रशंसनीय ब्याटिङले गर्दा खेलाडीहरूमा ‘आत्मविश्वास भरिएको’ उनीहरूको विश्लेषण पाइन्छ।
क्रिकेट विश्वकप समेत हुन लागिरहेको यस बेला शक्तिशाली राष्ट्रहरूले आफ्नो पहिलो रोजाइको टोली एशियाली खेलकुदमा पठाएका छैनन्।
र टी(ट्वेन्टी ढाँचाको खेल भएकाले एक दुई ओभरमै खेलहरूले नाटकीय मोड लिन सक्ने सम्भावनाले समेत खेललाई नाटकीय मोडहरू सिर्जना हुनसक्ने धेरैको आकलन पाइन्छ। इन्टरन्याश्नल क्रिकेट काउन्सिल आईसीसीको वरियता क्रममा नेपाल १७औँ स्थानमा छ।