१९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतले नेपाल सामु २०३ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर नेपाल बिरुद्ध व्याटिङ रोजेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २०३ रन बनायो । भारतका लागि ओपनर ब्याटर एसएसपी जैसवालले १०० रनको शतकिय पारि खेले । रिङ्कु सिंहले ३७ रन,शिभम दुबे २५ र रुटराज गाईकडले पनि समान २५ रन प्रहार गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरी २ विकेट,सन्दीप लामिछाने १ र सोमपाल कामीले १ विकेट लिए अहिले जबाफि ब्याटिङ गरेको नेपाल २ विकेट गुमाएर १० ओभरमा ७३ रन बनाएर खेलीरहेको छ ।