काठमाडौं । विश्व लगानीकर्ता सप्ताह, २०२३ तथा बडा दशैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छट पर्वको अवसरमा एनआईसी एसिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई अझ प्रभावकारीरूपमा देशव्यापी सञ्चालन गर्ने भएको छ । सोही उद्देश्यका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड, एनआईसी एसिया क्यापिटलको शाखा कार्यालयहरू तथा एनआईसी एसिया अनलाइन डिम्याट सेवाबाट असोज १४ गतेदेखि २०८० साल मंसिर १५ गतेसम्म निःशुल्क डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको जानकारी कम्पनीले दिएको छ ।
हाल एनआईसी एसिया क्यापिटलको निक्षेप सदस्य सेवाअन्तर्गत सञ्चालनमा रहेका विशेष अफर तथा योजनाहरू एक नेपाली एक डिम्याट खाता योजना, एनआईसी एसिया स्टुडेन्ट डिम्याट योजना, एनआईसी एसिया अनलाइन डिम्याट सेवालगायत रहेका छन् । यी योजनाहरू मिति २०८१ साल असार मसान्तसम्म सञ्चालनमा रहने छन् । साथै, यस क्यापिटल तथा एनआईसी एसिया बैंकको शाखा कार्यालयबाट डिम्याट र मेरो सेयर खाता तथा क्यापिटलबाट उपलब्ध माथि उल्लेखित योजनाको सम्बन्धमा थप जानकारीका लागि क्यापिटलको मोबाइल नम्बरहरू ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।