काठमाडौं, वैशाख २५
एभरेष्ट बैंकले ग्राहकहरूको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ एप ईबीएल टच २४ मा नयाँ अद्यावधिक सुविधाहरू थप गरेको छ । यसबाट ईबीएल टच २४ थप सुरक्षित, द्रुत र भरपर्दो बन्न गएको दाबी बैंकले गरेको छ ।
बैंकको मोबाइल बैंकिङ एप ईबीएल टच २४ को स्तरोनतीको साथ अब ग्राहकहरूले यस एपमार्फत स्वयं मोबाइल बैंकिङ एक्टिभ गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर सहजै लगइन् गर्न सक्नेछन् र ५० भन्दा बढी बैंकका खाताहरूमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अनलाइन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरूमा क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यसैगरी ग्राहकहरूको सहजता र सुरक्षाका लागि, फिङ्गर प्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिनेछ ।
हाल एभरेष्टको ग्राहकहरूको संख्या बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन्् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यसबाहेक बैंकले हालसालै क्यामेल रेटिङअन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबैभन्दा राम्रो मूल्यांकन गरिएको बैंकको रुपमा चयन भएको छ ।
हालसम्म बैंकको ९५ शाखाहरू, ३१ राज्वस्व सङकलन काउन्टरहरू र एक सय तीन स्थानमा एटीएम रहेका छन्् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्कमार्फत एभरेष्ट बैंकले पेसेवर दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिा एक अर्ब ५० करोड ९८ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ४२ करोड ९९ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ५१ करोड दुुई लाख सात हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ४१ अर्ब १९ करोड ५५ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १४ अर्ब ३३ करोड एक लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ९२ करोड चार लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वित्तरण योग्य नाफा ८६ करोड ४९ लाख ७७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव १६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २९ अर्ब ५६ करोड ८१ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ६४ करोड ४२ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ६७ करोड १० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।