काठमाडौं । श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटियु)को स्थापना दिवसको दिन आज(मंगलबार) आठ पार्टी निकट संगठनले प्रभातफेरि कार्यक्रम आयोजना गरेका छन् । ७८औँ डब्लुएफटीयूको अवसरमा पार्टीका जनवर्गीय संगठनहरूले रत्नपार्क, भोटाहिटी, जमल, विश्वज्योति हल, त्रिचन्द्र हुँदै गएको र्यालीले प्रज्ञा प्रतिष्ठानमा गई अन्तक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी अर्थात् प्रधानमन्त्रीका सल्लाहाकार हरीबोल गजुरेलका अनुसार कार्यक्रममा नेकपा वैद्य माओेवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, माधव नेपालको समाजवादी निकट कर्मचारी संघ, राप्रापा राजेन्द्र निकट कर्मचारी संघ, प्रचण्ड निकट कर्मचारी संघ, सि.पि.मैनाली निकट मजदुर संगठनलगायत आठ वटा पार्टीका जनवर्गीय संगठनहरू सहभागी छन् । कार्यक्रममा वैद्य निकट ट्रेड युनियनका संयोजक दिनेश शर्मालगायत करिब सय जना सहभागी छन् ।