काठमाडौं । नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्डको एयरबड्स भित्रिएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरू कोर्न र रिभरसँग ब्राण्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्यामियो इन्टरनेसनल प्रालिले नयाँ ब्राण्डका गुणस्तरीय एयरबड्स भित्र्याउन लागेको हो । कम्पनीले क्यामियो ब्राण्डमा नयाँ उच्चस्तरीय एसेसरिजहरू नेपाली बजारमा ल्याउने छ ।