काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘अलवेज अन डटा’ योजना ल्याएको छ । यो प्याक सञ्चालनमा आएसँगै करसहित मात्र एक सय रुपैयाँमा लामो समयासीमामा मोबाइल डेटा चलाउन पाइने कम्पनीले जनाएको छ ।
यो डेटा प्याकमा एक जीबी डेटा २८ दिनसम्म चलाउन सकिनेछ । ग्राहकहरूले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त जानकारीअनुसार यो प्याक सुरु गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । अब करसहित एक सय ९१ रुपैयाँमा सात दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्ने बताइएको छ । त्यस्तै, करसहित चार सय ५९ रुपैयाँमा फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म डेढ जीबी डेटा लिन सकिने बताइएको छ । यसबाहेक यो प्याकमा ग्राहकले आठ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ ।
अलवेज अन डेटाले ग्राहकलाई सुलभ मूल्यमा सधैँ सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलको छ । यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकाले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रही सधैैँ सम्पर्कमा रहन भूमिका खेल्ने एनसेलले जनाएको छ ।