काठमाडौं । नेपालगञ्जको स्थिति नियन्त्रणउन्मुख रहेको सिडिओ विपीन आचार्यले बताएका छन् । स्थानीय प्रशासनले मंगलबार सामाजिक सद्भाव खलबलिने आशंकामा नेपालगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो।
प्रदर्शन गर्न भेला भएका ठाउँमा हुलहुज्जत गर्न खोज्नेलाई नियन्त्रणमा लिने सिडिओ आचार्यले बताए। साथै उनले कर्फ्यू जारी भएसँगै अहिले स्थिति सामान्य रहेको पनि बताए।
आवश्यक्ता परेको खण्डमा नियन्त्रणमा लिइनेछ तर अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिइएकोे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताएका छन्।
असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले फेसबुकमा लेखेको स्टाटसका कारण नेपालगन्जमा तनाव सिर्जना भएको हो।
मुस्लिम समुदायका मानिसले स्टाटस लेखेपछि नेपालगञ्जमा विरोध र्याली निकालेका थिए। ओमकार हिन्दु समाजले पनि मंगलबार बिहान विरोध र्याली निकालेको थियो।
सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा, उच्छृंखल गतिविधि र्यालीमा सहभागी व्यक्तिहरूले गरेपछि धार्मिक सद्भाव भड्किन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो।