काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १९ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार १७ दशमलव ५६ अंकले ओरालो लागेर १९ सय ५८ दशमलव ७२ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६६ अंकले ओरालो लागेर तीन सय ७४ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ५५ हजार ९६ पटकको कारोबारमा ३९ लाख ६५ हजार नौं सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।