अमेरिका, वैशाख २५
चर्चित भिडियो कम्पनी जुमले लकडाउनमा एपको प्रयोग बढेसँगै साइबर सुरक्षाका कदमलाई पनि प्राथमिकता दिएको छ । एपको प्रयोग बढेपछि ह्याकर सक्रिय भएको भन्दै कम्पनीले नयाँ सेक्युरिटी कदम चालेको बीबीसीले जनाएको छ ।भिडियो चलिरहँदा नश्लीय र जातीय विभेदजन्य कन्टेन्ट आउनथालेपछि कम्पनीले साइबर सुरक्षालाई महत्व दिएको हो । कम्पनीले जुम एकाउन्टमा अनिवार्य पासवर्ड राख्नुपर्ने व्यवस्था गरेको छ । बालयौनलाई प्रश्रय दिने गरी ह्याकिङ भएसँगै कम्पनी चनाखो बनेको हो । खासगरी बेलायती र अमेरिकी डाटाहरु चीन हुँदै पास हुने हुँदा समस्या परेको कम्पनीले जनाएको छ । पछिल्लो समय भिडियो मिटिङ भइरहँदा ह्याकरले यौनजन्य पोस्ट गरेपछि कतिपय भर्चुअल बैठक नै बन्द गर्नुपरेको थियो ।