काठमाडौं,नेपालगंजमा प्रायोजित धार्मिक दंगापछि सडकमा नेपाली सेना उतार्नु परेको छ । कफ्र्यू अगाउँदा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थिति कावुमा लिन नसकेपछि सेनालाई सडकमा उतारिएको हो ।
धरानबाट सुरु भएको हिन्दू क्रिश्चीयन दंग मलंगवामा हिन्दु मुस्लिम दंगाका रुपमा देखिएको थियो । मलंगवामा दोहोरिएर भएको हिन्दु मुश्लिीम दंग मंगलबार नेपालगंज हुन पुगेको छ ।
विगत केही समय यता नेपालको तराई मद्येश क्षेत्रमा विजेपीको भातृसंस्था राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) को घुसपैठी गतिविधि बढ्दै गएको छ र त्यसले विभिन्न स्थानमा हिन्दु स्वयम सेवकहरुको नाममा तालिम संचालन गर्दै आएको छ । त्यसैको नाममा भएका उत्तेजनक र अति धार्मिक गतिविधिको प्रतिरोधमा अन्य धर्मालम्वीहरुसँग झडप र दंग हुने गरेको छ ।