दोहा, वैशाख २५
कतार एयरवेजले रोजगारी कटौती हुनसक्ने बताएको छ । विश्व महामारी कोरोनाभाइरस संक्रमणका कारण कम्पनीले रोजगारी कटौतीको विकल्प नरहेको जनाएको हो । बीबीसीका अनुसार कम्पनीका कार्यकारी प्रमुख अकबर अल बेकरले कर्मचारीलाई पत्र लेख्दै उक्त जानकारी दिएका हुन् । कम्पनीको व्यवसाय जोगाउन कर्मचारी घटाउनुपर्ने उनले बताएका छन् । महामारीका कारण हवाइ कम्पनीहरु दबाबमा परिरहेका छन् । धेरैजसो कम्पनीले त रोजगारी कटौतीको घोषणा नै गरिसकेका छन् । सरकारी स्वामित्ववाला कम्पनीले हाल ४५ हजार मानिसलाई रोजगारी दिएको छ । कम्पनीले २ सय ४० भन्दा बढी विमानबाट उडान भरिरहेको छ । गत फेब्रुअरीमा कतार एयरवेजले ब्रिटिश एयरवेजमा सेयर बढाएर २५ प्रतिशत पु-याएको थियो ।