काठमाडौं । वर्षाका कारण देशका विभन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । ललितपुर, बाग्लुङ, रसुवा, मकवानपुर, नवलपरासी, पर्वत, म्याग्दी, पाल्पालगायतका स्थानहरुमा वर्षाका कारणले पहिरो गएकाले सडक अवरुद्ध भएको हो ।
ललितपुर, बाग्मती गाउँपालिका–३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित मंगलबार पहिरो जाँदा कान्ति लोकपथ सडकखण्ड अवरोध भएको छ । बाग्लुङ, निसिखोला गाउँपालिका–१ पाखुटे बुर्तिबाङबाट पूर्वी रुकुम जाने मध्य पहाडी लोकमार्गमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । रसुवा, गोसाईकुण्ड गाउँपालिका–५ पासाङ ल्हामु राजमार्ग स्याफ्रूवेशी–टिमुरे सडक खण्डको रुङ्गामा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ ।
मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका–३ ठाडो खोलास्थित सडक खण्डमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–१ राजवृक्षस्थित कालीगण्डकी करिडोर सडकखण्डमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । पर्वत, जलजला गाउँपालिका–७ केराबारीस्थित बेनी–मालढुङ्गा सडक खण्डमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।
त्यस्तै, म्याग्दी, रघुगंगा गाउँपालिका–२ बैसरी तथा स्याउलीभट्टी र अन्नपुर्ण गाउँपालिका–३ गुइँठेमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । पाल्पा, तिनाउ गाउँपालिका–५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।
पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।