काठमाडौँ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, मधेश र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कोशी र बागमती क्षेत्रबाट बहने नदीको जल सतह आगामी २४ घण्टामा हल्का बढ्न सक्ने सम्भावना रहेकाले सडक यातायात प्रभावित हुनसक्ने भन्दै आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । असोज १८ गते (बिहीबार) कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १९ गते (शुक्रबार) कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।