काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ सोरुम विस्तार गरेको छ । चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ सोरुम ओजोन मोटर्स कम्पनी रहेको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्स प्रालिका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले एक कार्यक्रमबीच सो सोरुमको उद्घाटन गरेका थिए । नयाँ सोरुममा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागिरहेका छन् ।