काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १७ दशमलव ५६ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार नौं दशमलव २४ अंकले उकालो लागेर १९ सय ६७ दशमलव ९७ बिन्दुमा कायम रहन पुुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले उकालो लागेर तीन सय ७४ दशमलव ९० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ८४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५८ हजार सात सय ४१ पटकको कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा बैंकिङ समुह बाहेक सबै उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये सबै भन्दा बढी होटल तथा पर्यटन उपसमुहको ७८ दशमलव ९५ अंकले बढेको छ भने सबै भन्दा कम सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य पाँच अंकले बढेको छ ।
यि बाहेक बिकास बैंक २२ दशमलव ५५, फाईनान्स, १७ दशमलव ९६, जलबिद्युत, २८ दशमलव ८६, लगानी शुन्य दशमलव २३, जीवन बीमा ५२ दशमलव ४८, उत्पादमुलक १५ दशमलव ४३, लघुवित्त १७ दशमलव ९६, निर्जीवन बीमा ६१ दशमलव ८९, अन्य चार दशमलव ७७ र ट्रेडिङ २३ दशमलव ५२ अंकले उकालो लागेका छन् । बैंकिङ उपसमुहको सुचक भने आज शुन्य दशमलव शुन्य सात अंकले ओरालो लागेर १२ सय ३२ दशमलव १७ बिन्दुमा खुम्चिएको छ ।