सुरेश राउत
काठमाडौं, वैशाख २६
बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या नौ हजार सात सय पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा बिकास बैंक, २२ वटा फाइनान्स कम्पनी र ८९ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक समेत गरी एक सय ६२ बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । यी सबैंको गरी देशभर बैंक तथा वित्तीय संस्थाहरुको कुुल शाखा संख्या नौ हजार छ सय ९२ वटा पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सोमध्ये वाणिज्य बैंकहरुको चार हजार दुुई सय १८ वटा, विकास बैंकहरुको एक हजार दुुई सय १६ वटा, फाइनान्स कम्पनीहरुको दुुई सय ३९ र लघुुवित्त वित्तीय संस्थाहरुको चार हजार १९ समेत गरी कुुल देशभर नौ हजार छ सय ९२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । सोही आधारमा पनि बैंकिङ क्षेत्रमा प्रतिशाखा सेवाग्राहीको संख्या तीन हजार ५५ पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यअनुरूप वित्तीय पहुँच कम भएका स्थानहरूमा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएकोले पनि पनि प्रतिशाखा सेवाग्राहीको संख्या कम भएको हो, राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको चैत मसान्तसम्ममा शाखारहित बैंकिङ सेवा दिने केन्द्रको संख्या एक हजार पाँच सय ८६ र एटीएम काउन्टकारको संख्या तीन हजार नौ सय ४५ पुगेको छ । बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेप तथा कर्जाको पहुँच समेत वृद्धि हुँदै र सोही आधारमा चालू आवको फागुुन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा रहेको कुुल निक्षेप खाताको संख्या तीन करोड १७ लाख ३२ हजार पुुगेको छ । यस अवधिमा सबै किसिमका संंस्थाहरुमा कुल कर्जा खाताको संख्या भने १५ लाख १५ हजार पुुगेको छ ।
राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नीतिगत व्यवस्थाबमोजिम २०७६ चैत मसान्तसम्म सात सय ५३ स्थानीय तहमध्ये सात सय ४६ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । विगत केही वर्षयता वित्तीय साधन परिचालनमा समेत उल्लेख्य प्रगति भएको र चालुु आवको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप करिव ३५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकल गरी ३२ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकद्वारा पाँच सय दरको नोट छपाइको लागि टेण्डर आह्वान : नेपाल राष्ट्र बैंकले पाँच सय दरको नेपाली नोट छपाइको लागि टेण्डर आह्वान गरेको छ । राष्ट्र बैंकले आधिकारिक वेबसाइटमार्फत सूचना जारी गर्दै नोट छपाइको लागि टेण्डर आह्वान गरेको हो । सोअनुुरुप पाँच सय दरका एक सय ९० मिलियन अर्थात् १९ करोड थान नोट छपाइको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गरेको हो । सोअनुुरुप राष्ट्र बैंकले पाँच सय दरका ९५ अर्ब रुपैयाँबराबरको नोट छपाइको लागि टेण्डर आह्वान गरेको हो ।