काठमाडौं । काठमाडौंको बत्तिसपुतलीस्थित सिल्पी थियटरको गोठाले नाटक घरमा अनेरास्ववियुको नाटक ‘कालो अक्षर रातो अक्षर’ सुरु भएको छ । नाटक सुरु भएकै दिन आज(बुधबार) नाटक हेर्न एमालेका शिर्ष नेताहरु पुगेका थिए ।
अनेरास्ववियुको प्रस्तुती, आर के रोमसद्वारा लिखित र अनेरास्ववियु अध्यक्ष समिक बडालद्वारा परिकल्पना गरिएको ‘कालो अक्षर रातो अक्षर’ नामक नाटकको पहिलो ‘शो’मा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको उपस्थितिमा अनेरास्ववियुका अध्यक्ष समिक बडाल, एमालेका महासचिव शंकर पोखरेल, उप महासचिव विष्णु रिमाल, गोकुल बास्कोटालगायत गरी करिब ७० जनाको सहभागिता थियो । साँझ ५ः३५ बजे सुरु भएको नाटक असोज १७ देखि २७ गते सम्म चल्ने छ ।