काठमाडौं । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज करिब एक घण्टापछि बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर काठमाडौंमा अवतरण गरेको विमानस्थल कार्यालय स्रोतले जनाएको हो ।