काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को बुधबार बसेको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ । नेसपाले छठलगत्तै महाधिवेशनको थप तयारीबारे निर्णय लिन केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
उनले यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने निर्णय भएको बताइन् । पार्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ । माओवादीले भदौ ३० मा अध्यक्ष डा. बाबुरामलाई बाइपास गरी अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएपछि नेसपाभित्र आन्तरिक विवाद उत्पन्न भएको छ ।