काठमाडौं । निर्माण व्यवसायी संघ ललितपुरको अधिवेशन आज(शुक्रबार)देखि सुरु भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १५ स्थित ललितपुर निर्माण व्यवसायी संघको चौधौँ बार्षिक साधारणसभा र सातौं अधिवेशनको उद्घाटन ललितपुर निर्माण व्यवसायी संघका अध्यक्ष बिमल बहादुर कायस्थले गरेका हुन् ।
कायस्थको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथिमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रबि सिंह र अतिथिहरु प्रहरी बृत सातदोबाटोका प्रमुख उमेश जोशी, पालिका प्रमुख, विभिन्न वडाका प्रमुख, ललितपुर जिल्लाका निर्माण व्यवसायी संघका पदाधिकारीलगायत करिब सय भन्दा बढीको उपस्थिती रहेको छ ।