काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन अमृत साइन्स क्याम्पसद्वारा आयोजित स्ववियू कप–२०८० अन्तर कलेजस्तरीय भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रम सुरु भएको छ । आज(शुक्रबार) भएको सो कार्यक्रममा अमृत साइन्स क्याम्पस स्ववियु सभापति प्रेम जैशी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा खेल प्रमुख पशुपति अधिकारी, अमृत साइन्स क्याम्पस प्रमुख डा.लोक बहादुर बराल, सहायक क्याम्पस प्रमुख रबिन्द्र सिंह महत, होस्टे प्रमुख लाल बहादुर कर्ण, स्ववियू सचिव रुद्रहरी पोख्रेल, प्रहरी वृत लैनचौरका प्रहरी प्रमुख चतुर्भुज ओझा र खेलाडीहरु गरी करिब डेढ सय जनाको उपस्थिति रहेको थियो ।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा हुने उक्त प्रतियोगितामा अमृत साइन्स क्याम्पसस्तरीय हाजिरजवाफ, टेबलटेनिस, म्युजिकल चियर र चेस खेल हुने जनाइएको छ ।