फिफाले विश्वकप फुटबल २०२३ तीन महादेशका ६ राष्ट्रमा आयोजना गर्ने तय गरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकपको शताब्दी पुरा भएको अबसरमा विश्वलाई एकताबद्व र अपनत्व सहसुस गराउन भन्दै ३ महादेशका ६ राष्ट्रमा विश्वकप आयोजना तग गरेको छ । तीन फरक महादेशका ६ फरक राष्ट्रहरु युरोपमा स्पेन पोर्चुगल अफ्रिका महादेशको मोरक्को,दक्षिण अमेरिकी राष्ट्रहरु उरुग्वे,अर्जेन्टिना र पाराग्वेमा विश्वकपमा खेलहरु आयोगना हुने तय भएका छन् । विश्वकप फुटबलको सयौं बर्षको अपलक्ष्यमा २०२३ को पहिलो खेल उरुग्वेको राजधानी मोन्टेभिडियोमा हुने भएको छ । मोन्टेभिडियोमा त्यो ठाउँ हो जुन सहरमा १९३० को पहिलो विश्वकप फुटबल भएको थियो । फिफाको यो निर्णयलाई आगामी वर्षको फिफा कंग्रेसबाट अनुमोदन गराइने भएको छ ।