काठमाडौं । कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एन्ड ब्याङ्क्वेटबीच बैंकका ग्राहकलाई वलनट बिस्ट्रो एन्ड ब्याङ्क्वेटको सेवाहरूमा छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त यो सहकार्य गरिएको बैंकले जनाएको छ । यस सम्झौताअनुसार कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड ग्राहकलगायत मोबाइल बैंकिङ प्रयोगकर्ताले वलनट बिस्ट्रो एण्ड ब्याङ्क्वेटबाट विभिन्न सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका तीन सय आठवटा शाखा सञ्जाल, तीन सय नौवटा एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत् आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।