काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेड र स्टार हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् प्रोग्रेसिभ फाइनान्सका कर्मचारी तथा ग्राहकले स्टार हस्पिटलबाट प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा २० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।
सम्झौतामा अनुसार प्रोग्रेसिभ फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा स्टार हस्पिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरे । सो अवसरमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले स्वास्थ्य सेवाजस्तो आधारभूत आवश्यकतामा यस फाइनान्सका ग्राहकको सहज तथा सहुलियतपूर्ण पहुँच रहोस् भन्ने उद्देश्यका साथ यस्तो सम्झौता कार्यान्वयन गरिएको बताए ।
एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, क्युआर पेमेन्ट, सी आस्वा, डी म्याटलगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाको उपलब्धता रहेको यस प्रोग्रेसिभ फाइनान्सले हाल २२ वटा शाखा तथा चारवटा विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैकिङ सेवा प्रवाह गरिरहेको छ ।