काठमाडौं,गाईभैंसीमा महामारीको रुपमा देखा परेको लम्पी स्किन रोगको खोपमा कालोबजारी गरिरहेको लोटस भेट ईन्टरनेशनल टेड लिङ्ग प्रा.लि त्रिपुरेश्वरका संचालक भरत बहादुर पाण्डेलाई जोखाउन शक्ति केन्द्रनै लागि परेको बुझिएको छ ।
राजस्व अनुसन्धान विभागको अनुसन्धान रोक्न अहिले मन्त्री देखी प्रधानमन्त्रीसम्मको पावर सेयरिङ भइरहेको समाचार स्रोतले बताएको छ । उक्त कम्पनीका सञ्चालक भरत बहादुर माण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट रहेको पाइएको छ ।
अनुसन्धानमा खटेको टोलीले अनुसन्धान भइरहेको बताएपनि समाचार निकट स्रोतले भने राजनीतिक दबाब आएकाले अनुसन्धान बिभाग मौन रहेको बुझिएको छ । लोटस भेटको कार्यालयमा राजस्व अनुसन्धान विभाग कार्यालय पुल्चोकको टोलीलेले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो ।