काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्ने बताइएको छ ।
पहिलो अफरअन्तर्गत ‘बडा दशैं बाइट्स’मा हरेक दिन विभिन्न रेस्टुरेन्टबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सकिने बताइएको छ भने दोस्रो अफरअन्तर्गत ‘बडा दशैं कम्बो बाइट्स’मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टबाट कम्बो खानामा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिने कम्पनीको भनाइ छ । यो अभियान कार्तिक २ गतेसम्म चल्ने बताइएको छ । यी अफरहरूको फाइदा उठाउनका लागि फुडमान्डुको वेबसाइटमा वा फुडमान्डुको एप डाउनलोड गरेर फुड अर्डर गर्न सक्ने बताइएको छ ।