अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा स्याङजाको चापाकोट नगरकार्यपालिकाको कार्यालयमा कार्यरत सिनियर अहेव बिन्दु काईराला बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । काईरालाले भष्ट्रचार गरेको भनी निवेदन अख्तियारमा परेपछि अख्तियारले अनुसन्धान गर्दा नब्बे लाख उनान्चालीस हजार छ सय बीस रुपैया (उनान्चालीस पैसा) गैर कानुनी तरिकाले आर्जन गरेको भेटिएको थियो ।
अख्तियारले कोइरालाई कानुन बमोजिम कसुर रहेको पुष्टि गरेपछि उनीबाट बिगो रकम नब्बे लाख उनान्चालीस हजार छ सय बीस रुपैया उनान्चालीस पैसा कायम गरी बिगो बमोजिम जरीवाना र कैद सजायको माग राखेको छ । अख्तियारले अनुसन्धान गर्दा कोइरालाकी श्रीमती गीता कोइरालाको खातामा रहेको केही रकम स्रोत खुल्न नगएको गैरकानुनी ठहर गरेको छ । अख्तियारले शुक्रबार कोइरालालाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत खुलेको र स्रोत नखुलेको सम्पत्ति मध्येबाट बिगो र जरिवाना जफत गरिपाउन मागदाबी गरि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।