हेटौंडा, वैशाख २६
परोपकारी युवा सञ्जाल मकवानपूरले विपन्न तथा दलित परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना को विश्वव्यापी महामारीको कारण संक्रमण फैलिन नदिन राज्यद्वारा गरिएको लकडाउनका समस्यामा परेका विपन्न, श्रमिक, अतिविपन्न, दलित, अभावमा रहेका तथा पहुँच नभएका परिवारहरुलाई संजालले खाद्यान्न सहयोग गरेको हो । ‘बोलेर हैन गरेर देखाऔँ’ भन्ने नारालाई आत्मसात् गर्दै सन्जालले हेटौंडा उपमहानगरपालिका वडा नं ६ मा २२ परिवारलाई विशेष पोषण प्याकेज उपलब्ध गराएको सञ्जालका सदस्य रमेश सापकोटाले बताए । उक्त प्याकेजमा पालिस नगरेको वासमती चामल ५केजि, अण्डा ३० वटा, गेडागुडी तथा क्वाँटी२किलो, शुद्ध तोरीको तेल आधा लिटर, हरियो तरकारी तथा सागपात ५ किलो, फलफुल, ज्वानो जस्ता खाद्य सामग्री वितरण गरिएको बताए । उक्त कार्यक्रममा वडा अध्यक्ष अर्जुन चौलागाईं लगायतको उपस्थिति रहेको थियो।